थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परीक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधवार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =