मोरङ ३ मा रेखाको क्रेज, एमाले-कांग्रेस अलमलमा (तस्बिरहरू)

विराटनगर । यतिबेला चर्चित नायिका तथा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ मा व्यस्त छिन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त देखिएकी छिन् ।

थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएकी छिन् उनले नेकपा एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्मा पनि यही क्षेत्रबाट चुनावी कसरतमा रहेका छन् । उनी विगत केही समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहेको थापाले बताइन् ।

सबैबाट चिनिएकी नायिका भएकोले पनि उनको क्रेज अहिले यो निर्वाचन क्षेत्रमा देखिएको छ। पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दर हरैचाका मतदातासँगको भेटघाटको क्रममा थापालाई हेर्नकै लागि पनि आउनेहरूको ठुलै हुने गरेको छ । सबै उमेर समूहका मतदाताको माया पाइरहेको उनले बताइन् । थापा उम्मेदवार बनेर आउने बताउँदै गाउँ-गाउँ जाँदा मतदातामा उत्साह देखिन्थ्यो ।

सधैँ एउटै पार्टी र उस्तै खालको नेतालाई भोट हालेका मतदाता यो निर्वाचनमा भने फरक अनुहार देखिएकोमा खुसी देखिएका छन् । नेता भनेको शासक नभई सेवक हुनुपर्ने रेखाको भनाई छ । जनताको भोटलाई खरिदबिक्री गर्ने, जनतालाई भोट बैङ्कको रूपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरूलाई अब जनताले भविष्य सुम्पिन नहुने रेखाले मतदातासँग भन्ने गरेकी छिन् ।

पुराना नेताहरूले जनतालाई वर्षौँदेखि रुवाएर राखेकाले अब असल उम्मेदवारलाई मतदान गर्ने स्थानीयहरूको प्रतिक्रिया पाएको उनले बताइन । हातमा डायरी र कलम बोकेर कुर्तामा सजिएर मतदाताकोमा पुगेकी थापा भन्छिन्, ‘मलाई युवाको हौसला र बुबा आमाको आशीर्वाद रहेको छ।’

हारजित जे भएपनि जनताहरूको साथमै रहने रेखाको प्रतिबद्धता छ । रेखाको निर्वाचन क्षेत्रमा सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले समस्याबारे निकै गम्भीरतापूर्वक बताउने गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनिल शर्माको नाम चर्चामा छ । शर्मा र ढकालसँग प्रतिस्पर्धा गर्न लागेकी राप्रपा नेतृ थापा भने यो क्षेत्रको नयाँ अनुहार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *