थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ भदौ २८ गते

काठमाडौँ । नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ३ सय पिसिआर परीक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परीक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित








