गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबीच भगिनी सम्बन्ध

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साइन्स एण्ड कल्चर बीच भगिनी सम्बन्ध स्थापना भएको छ । सोमबार रसियन कल्चर सोको कार्यालय काठमाडौँमा दुई पक्षीय सम्झौता भएको हो ।

रसियन कल्चरको तर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरे । श्रेष्ठले यो सम्झौतालाई ऐतिहासिक प्रगतिको रूपमा लिएका छन् ।

सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रसियन सांस्कृतिक टोलीलाई पोखरामा आमन्त्रण गरेको छ । आगामी कात्तिक २३ गते रसियन कल्चर सो आयोजना गर्ने तयारी छ ।

२१ गते रसियन टोली पोखरा आउने र २२ गते दुवै देशको संस्कृतिबारे छलफल (अन्तरक्रिया) कार्यक्रम राखिएको छ । २५ जनाको टोली पोखरा आउने पक्का भएको सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *