मधेशबाट ओलीकाे बाेली- ‘जनसिद्व नागरिकलाई नागरिकता दिने विधेयक ल्याए भाेलि नै पास गरिदिन्छाैँ’ (भिडिओसहित)

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकको विरोध होइन, नेपाली जनताको अधिकार खोस्न नदिन लडिरहेको बताएका छन् । मधेश प्रदेशकाे जनकपुरधाममा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन् । ‘हामीविरुद्ध गठबन्धनका प्रतिक्रियावादीहरू भ्रम फैलाउँदैछन् कि एमाले नागरिकता विधेयकको विरोध गरिरहेको छ, ओलीले भने, ‘तर म भन्न चाहन्छु जनसिद्व नागरिकका सन्तानलाई नागरिकता दिने दुई/चार पानाकै भएपनि विधेयक ल्याओस् । भोलि नै पास गरिदिन्छाैँ ।’

उनले जनसिद्व नागरिकका सन्तानलाई वंशज नागरिकता दिने पक्षमा रहेको बताए ।

मधेसी पहिरनमा मधेश आएका ओलीले भने, ‘एमाले मधेशविरोधी होइन, मधेसीकै पार्टी हो । यहाँ त म र एक/दुई जना टोपी लगाएका मात्र पहाडी छाैँ । सबै त मधेसी नै छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *