देश बचाउन एमालेलाई बहुमत चाहिन्छ : अध्यक्ष ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रहेको बताएका छन् ।

सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन् ।

उनले एमालेको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए । आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने पनि उनले बताए । अध्यक्ष ओलीले अहिलेको निर्वाचन सामान्य निर्वाचन नभएको र देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको धारणा राखे ।

उनले पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप लगाउँदै अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन नहुने उल्लेख गरे ।

ओलीले अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =