वर्तमान सरकारका कारण सुशासन लज्जाजनक अवस्थामा पुग्याे : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन् ।

सोमबार काठमाडौँको विशाल नगरमा पुनः निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद्, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले राजनीतिक दलहरूमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको बताए । मुलुकलाई सही दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाई छ । उनले दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे ।

त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्व जानकारी नराखी काठमाडौँ महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए । उनले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरी महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखे ।

उनले आतंकको रूपमा नभई सचेतना फैलाउँदै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =