निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनेगरी ऐन संशोधन प्रस्ताव तयार

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने गरी निर्वाचन ऐन संशोधन प्रस्ताव तयार तयार पारेको छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले संघ र प्रदेशको निर्वाचनमा भाग लिने प्रत्येक राजनीतिक दलले तय गर्ने कुल उम्मेदवारमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने गरी निर्वाचन ऐन संशोधन प्रस्ताव तयार पारेको बताएका हुन् ।

यद्यपि उक्त ऐन स्वीकृत हुन भने बाँकी रहेको उनले बताए । त्यस्तै, उनले यो प्रावधान यही निर्वाचनबाटै लागू होस् भन्ने आफूहरूले चाहेको समेत बताए । त्यस्तै, उनले महिलाहरूले ५० प्रतिशतको माग गरिरहेको बेला किन ३३ मात्रै भन्ने प्रश्न उठेको कुरा उल्लेख गर्दै महिला उम्मेदवारले मनोनयन पठाए जति पनि दर्ता गर्न सकिने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =