पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

काठमाडौँ । श्रीलंकाले एशिया कपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै एशिया कपको उपाधि जितेको हो ।

श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा अलआउट हुदै १४७ रन मात्र बनाएपछि श्रीलंकाले खेल २३ रनले जितेको हो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ५५ र इफ्तिखर अहमदले ३२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । पाकिस्तानको ब्याटिंग ध्वस्त बनाउने क्रममा प्रमोद मदुशनले ४ र वनिन्दु हसरंगाले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ६ विकेट गुमाएर १७० रन बनाएको थियो । श्रीलंकाका लागि भानुका राजापाक्षेले अविजित ७१ रन बनाएका थिए भने वनिन्दु हसरंगाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाएका थिए ।

यो जितसँगै श्रीलंकाले २०१४ पछि पहिलो पटक एशिया कप जितेको छ । साथै श्रीलंकाले आफ्नो छैटौं पटक एशिया कपको उपाधि जितेको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *