मापसे गरी स्कुल बस चलाउने २ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकहरूलाई आज कारबाही गरेको छ ।

बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र बा २१ च ६६०९ नम्बरको प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भिमनारायण श्रेष्ठ रहेका छन् ।

चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन् ।

मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरूलाई गन्तव्यमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेक जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =