राेकिएन हिंस्रक स्यालकाे आतंक, थप २ जनालाई टोक्यो

जनकपुरधाम । महोत्तरीको महदैयामा थप दुई जनालाई स्यालले टोकेको छ ।

लोहरपट्टी नगरपालिका ३ महदैयाका ६५ वर्षीय सगिना खातुन र ४० वर्षीय असिना खातुनलाई स्यालले टाेकेकाे हाे । उनीहरू दुवैजना स्यालकाे टाेकाइबाट घाइते भएका छन् ।

घर काम गरिरहेको बेला स्यालले आक्रमण गरेको उनीहरूले बताए । यसअघि महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोक्दा चारजना घाइते भएका थिए ।

याे पनिः

स्यालको टोकाइबाट एकै टाेलका ४ जना घाइते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *