स्यालको टोकाइबाट एकै टाेलका ४ जना घाइते

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोक्दा चारजना घाइते भएका छन् ।

घाइते हुनेहरूमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा रहेका छन् । त्यस्तै, सोही टोलकी १३ वर्षीय रेणु कुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनारलाई पनि स्यालले टाेकेकाे हाे ।

एउटै स्यालले उनीहरूलाई टोकेको हो । स्याल बहुला भएकाे हुनसक्ने स्थानीयले बताए ।

सामान्यतया रातिमा मात्रै देखापर्ने स्याल दिउँसै गाउँ पसेर टाेक्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

घाइते चारै जनाकाे जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *