बेलायती महारानीको पार्थिव शरीर लण्डन ल्याइँदै

लण्डन । बिहीबार दिवङ्गत हुनुभएकी महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर उहाँको प्रिय बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज यहाँ ल्याइँदै छ ।

महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’मा उहाँको अन्तिम यात्रा प्रारम्भ गर्नेछन् । बालमोरल दरबारबाट दुई सय ८० किलोमिटर लामो यात्रापछि महारानीको शव इडिनबरा राजप्रासाद पु¥याइने छ ।

शवयात्राको मार्गमा पुष्पहारसहितका बेलाइतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्ने अपेक्षा गरिएको छ ।

आइतबार बिहान बालमोरल दरबारको मुख्यद्वारमा महारानीको हातले बनाइएको तस्बिर, एउटा सानो भालु खेलौना र फूलको थुप्रोले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । महारानीका ज्येष्ठ सुपुत्र चाल्र्स तृतीयलाई औपचारिकरूपमा राजा घोषणा गरिएको भोलिपल्ट उहाँको लण्डनतर्फको शवयात्रा प्रारम्भ हुन लागेको हो ।

शुक्रबार नवनरेश चाल्र्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गर्नुभएको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता व्यक्त गर्दै राष्ट्रका नाममा गरेको सम्बोधनमा बेलाइतको महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगतलाई अवगत भएको र त्यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याए ।

आज उनलाई संयुक्त अधिराज्यका अन्य राष्ट्र स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको राजा घोषणा गरिँदै छ । मातृवियोगमा रहनुभएका नवनरेश चाल्र्सले शुक्रबारदेखि नै राजकीय कर्तव्यहरू निर्वाह गर्न थालेका छन् ।

उनले बकिङघम राजाप्रासादमा प्रधानमन्त्री मेरी एलिजाबेथ ट्रस, राष्ट्रमण्डलका महासचिवलगायत राज्य सञ्चालनका सहयोगीहरूसँग भेटवार्ता गरेका छन् ।

सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पु¥याइने छ । मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उनको शव लण्डन ल्याइनेछ । बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ । असोज ३ गते वेस्टमिनिस्टर गिर्जाघरमा समाधिस्थ नगरेसम्म महारानीको पार्थिव शरीर त्यही रहनेछ ।

शोकाकुल हासउ अफ विन्डसरमा शनिबार खुशीका केही सङ्केत पनि देखिए । राजकुमार विलियम उनका भाइ ह्यारीको पत्निहरूसहितको संयुक्त उपस्थितिले राजपरिवारबीचको सम्भावित मेलमिलापलाई बेलाइतवासीले हर्ष र आश्चर्यका साथ प्रतीक्षा गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *