काेराेनाबाट थप २ जनाकाे मृत्यु, १०४ मा संक्रमण
२०७९ भदौ २६ गते

काठमाडाैँ । नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित








