बालेनकाे कामबाट तर्सिएका ठूला दल !

काठमाडाैँ । २०७९/१/३० गतेको स्थानीय निर्वाचनमा काठमाडौँवासीहरूले काठमाडौँबाट स्वतन्त्र उम्मेदवारका रूपमा उठेका बालेन्द्र (बालेन) शाहलाई ६३ हजार १ सय ६७ मत दिएर मेयर पदमा विजय गराएका थिए । काठमाडौँका जनताले स्वतन्त्रका उम्मेदवार बालेन्द्रलाई मत दिएर मेयर बनाउँछन् भन्ने कुरा कुनै जिल्लाका जनताले सोचेका थिएनन् । काठमाडौँ त्यस्तो ठाउँ हो, जहाँ ५० वर्षसम्म एमाले र कांग्रेसले राजनीति गर्दै वा चुनाव जित्दै आएका छन् ।

तर यिनीहरूले काठमाडाैँवासीका लागि एउटा सिन्को पनि भाचेँनन् र केही पनि काम गरेनन् । अब एमाले र कांग्रेसलाई जिताएर काठमाडौँ विकसित हुदैँन भनेर थाहा पाएपछि काठमाडाैँवासीले स्वतन्त्र उम्मेदवारलाई जिताए । उनलाई मेयर पदमा जिताएसँगै उनको अहिले देखेर काठमाडाैँवासीहरूसमेत चकित भएका छन् ।  काठमाडौँका जनताहरू शिक्षित रहेकाले उनीहरूले काम गर्न सक्ने र विश्वासनीय उम्मेदवारलाई मत दिए र आज उनीहरू अब काठमाडाैँकाे मुहार फेरिन्छ भन्ने कुरामा विश्वास भइसकेका छन् ।

पछिल्लो समय मेयर बालेन पदमा जितेपश्चात् एमाले र कांग्रेसले उनलाई असफल बनाउन फोहोरमाथि राजनीति गरे । तर बालेन निराशा नभइ एमाले र कांग्रेसको कोठे राजनीतिलाई चिर्दै काठमाडौँको फोहोर उठाएर बन्चरेडाँडामा फाल्न पनि सफल भए र अहिले यी पार्टीहरूले गर्न नसकेको काम पनि गरे । अहिले काठमाडाैँवासीहरूले बालेनको काममा साथ दिए र बालेनको खुट्टा तान्ने र काममा अवरोध गर्ने यी पार्टीहरूलाई पनि पाखा लगाए । जनताको अगाडि राजनीतिक दलको केही लाग्दैन भन्ने उदाहरणसमेत काठमाडाैँवासीले दिइसकेका छन् । अहिले बालेनको विरोध गर्ने व्यक्तिलाई जवाफ बालेनले दिनुपर्दैन उनीहरूलाई बालेनलाई भोट दिने जनताले नै दिन्छन् ।

जनता र राष्ट्रको हितमा काम गर्‍याे भने विरोधीलाई असफल बनाउन जनताले यसरी साथ दिँदा रहेछन् भनेर अहिले हामी सजिलैसँग देख्न सक्छौँ । बुढोपाकाले भन्ने गर्थे— १२ वर्षमा खोला फर्किन्छ । यत्रो वर्षसम्म अस्तव्यस्त रहेको काठमाडौँ अब व्यवस्थित हुन्छ भन्ने कुरा जनताको मनमा अहिले परेको छ ।

२०७४ सालको चुनावमा एमालेबाट काठमाडौँमा मेयर पद विद्यासुन्दर शाक्यले जितेका थिए । काठमाडौँ जिल्ला एमाले र कांग्रेसको टक्कर रहेको जिल्ला हो । एमाले वा कांग्रेसको उम्मेदवार जित्नुको साटोमा काठमाडौँमा यसपालि यहाँका बासिन्दाहरूले स्वतन्त्र उम्मेदवार बालेनलाई जिताए । बालेनलाई भोट दिएरलाई चुनाव जिताउने जनताहरू अहिले उनको काम देखेर खुसीले गदगद भइरहेका छन् ।

बालेनले गरेको काम देखेर यसपाली हामीले दिएको भोट खेर गएन भनेर अहिले यहाँका जनताहरू भन्छन् । पछिल्लो समय बच्चादेखि बुढोसमेत बालेनको काम देखेर उनको नै गुनगान गाउने गर्छन् । सार्वजनिक जग्गा कब्जा गरेर फुटपाथमा पसल राख्ने ,सरकारी जग्गा, गुठीका जग्गा, मठमन्दिरका जग्गाहरू कब्जा गर्नेहरू र घर बनाउँदा अण्डरग्रण्डर पार्किङ्ग भनेर नक्सा पास गर्ने र राज्यलाई पनि राजस्व नतिर्नेहरूलाई बालेनले अनुगमन गर्दै कारबाही गर्दै आइरहेका छन् ।

त्यस्तै यता सरकारी अफिस वा निजी अफिसहरू बहालमा लगाउने तर घरबहाल कर नतिर्ने वा व्यवसाय गरेर नगरपालिकालाई कर नतिर्नेलाई पनि उनले चेतावनी दिँदै आइरहेका छन् । काठमाडाैँमा ७७ ओटै जिल्लाका मानिसहरू बस्छन् र यहाँ नै फुटपाथमा पसल राखेर व्यापार गर्छन् । फुटपाथमा पसल राख्दा भाडा पनि तिनुपर्ने र राज्यलाई पनि कर नतिर्ने पर्ने भएकाले उनीहरूले फुटपाथमा पसल राखेर शहर नै अस्तव्यस्त बनाउँदै आइरहेका छन् । त्यसलाई हटाउन वा पैदलयात्रीलाई सहज गराउन मेयर साहले पछिल्लो समय फुटपाथमा पसल राख्नेहरूलाई हटाउन विभिन्न पहल गर्दै आएका छन् ।

अब फुटपाथमा व्यापार गर्न दिनु हुदैँन र सटर लिएर व्यापार गर्ने गर्नुपर्छ । बाटाको दायाँ, बायाँ वा सरकारी जग्गा भएको ठाउँमा सवारीसाधन पार्किङ्ग गराएर विभिन्न क्लबहरूले पैसा उठाएर खाने गर्छन् । पसलेहरू पनि सटरबाहिर सामानहरू राख्ने , घरधनीहरूले आकाशबाट परेको पानी वा छतको पानी बाटामा फाल्ने गर्छन् भने यता डिजिटल होटिङ्ग बोर्डहरू र बाटामा मागेर खाने मानिसहरू पनि यहाँ पाइलैपिछे भेटिन्छन् ।

अब मेयर साहले यी सबैलाई हटाउनुपर्छ र व्यवस्थित सहरको स्थापना गर्नुपर्छ । साथै आफ्नो घरको वरपर आफैँ सफा गर्ने भनेर नीति नियम बनाउनुपर्छ । २०७४ सालको मेयर, उपमेयर र वडाध्यक्षहरूले सरकारको मापदण्डभित्र नबनेका घरहरूलाई पनि आर्थिक लेनदेन गरेर घर सम्पन्नताको प्रमाणपत्र दिने गर्थे । कति घरधनीहरूकाअनुसार त १ लाखदेखि १५ लाख पैसा दिएर पनि घर सम्पन्नताको प्रमाणपत्र लिएका छौँ ।

यहाँका घरधनीहरू घर भाडामा लगाएर एक महिनामा ५० हजारदेखि ३ करोडसम्म उठाउने गर्छन् । तर, राज्यलाई घरबहाल कर तिर्देनन् । साथै एउटा घर बनाउन घरजग्गा गरेर १ करोडदेखि ५० करोडसम्म लगानी गर्ने तर राज्यलाई त्यो लगानीको पनि कर नतिर्ने । एक पटक घर बनाएपछि त्यो घरको ६/६ महिनामा पनि प्राधिकरण चेक नगर्ने । काठमाडौँमा सँगै जोडिएको घर एउटा ३ तल्ले हुन्छ भने अर्को १८ तल्लेसमेत हुने गर्छ ।

भत्किन लागेका घरहरू पनि महँगो भाडामा लगाएको छ । काठमाडौँका खोलाहरू सबै व्यक्तिले कब्जा गरेर खोलामाथि घर बनाइसकेका छन् । काठमाडौँमा लाखौँ सरकारी वा गुठीका जग्गाहरू थिए । तर, त्योपनि अहिले सबै व्यक्तिको नाममा गएकाले त्यसलाई फिर्ता लिन र खोला मिचेर बनेका घर हटाउन बालेनले पछिल्लो समय धेरै प्रयास गर्दै आइरहेका छन् ।

साथै यस्तो अस्तव्यस्त रहेको शहरलाई व्यवस्थित बनाउन पनि उनले काम गर्दै आइरहेका छन् । काठमाडौँमा एउटै संस्था वा व्यक्तिले लाखदेखि अर्बसम्म नगरपालिकालाई तिनुपर्ने कर छलेका छन् । यिनीहरूले २० वर्षदेखि व्यवसाय गर्दै आएका छन् । तर, नगरपालिकालाई कर भने तिरेका छैनन् । अहिले यी सबैको अनुगमन गर्दै बालेनले यस्ता व्यवसायीहरूलाई राजस्व तिर्न पनि चेतावनी दिएका छन् ।

काठमाडौँका जनताले बालेनलाई मेयर न बनाए । तर, उनले काम गर्न सक्छन् कि सक्दैँनन् भन्नेमा उनीहरू चिन्तित थिए । तर अहिले बालेनले गरेको काम देखेर काठमाडाैँवासीको मात्र ध्यान उनीप्रति नगइ देशैभरिका जनताको ध्यान उनीप्रति नै गइरहेको छ । पछिल्लो समय बालेनको काम देखेर विभिन्न जिल्लाका मेयरहरूले पनि उनको सिको सिकेर काम गर्न लागिरहेका छन् ।

एमाले र कांग्रेसलाई भोट दिने जनताहरू पनि बालेनको काम देखेर अहिले खुसी भएका छन् । अहिले सार्वजनिक सवारीसाधन वा चौताराहरूमा पनि बालेनको गरेको कामका बारेमा नै चर्चा हुने गर्छ । बालेनको काम देखेर जलेका महेश बस्नेतले बालेनको विरोध गरेपनि बालेनले काम गर्न छोडेनन् र उनलाई काठमाडौँका जनताले जवाफ पनि फर्काए ।

भक्तपुरका जनताले बालेनलाई भोट दिएर चुनाव नजिताएको र हामी काठमाडौँवासीले बालेनलाई भोट दिएर जिताएका हौँ भन्दै उनीहरू महेश बस्नेतप्रति आक्रोश बनेका थिए । साथै बालेनले गरेको काम हाम्रो लागि राम्रो छ र उनको विरोधमा केही बोलेमा वा गरेमा हामी काठमाडाैँवासीहरू सडकमा उत्रिन्छाैँ भन्नेबित्तिकै बालेनका विरोधीहरू दुलोभित्र छिरे ।

जनताले राम्रो नेता चुनेर भोट दियो भने आफ्नो भोटको पनि सदुपयोग हुने, आफनो पनि नाम आउने र ठाउँको पनि विकास हुने भनेर अहिले बालेनबाट सावित भइसकेको छ । अहिले बालेनको काम देशैभरि वा बाहिर देशमा समेत प्रचार-प्रसार भइरहेको छ । साथै अहिले बालेनलाई साथ दिनका लागि बालेन अघिअघि र काठमाडाैँवासी पछिपछि लोगेका छन् । साथै महानगरका प्रहरीले पनि काम गरेको देख्दा काठमाडाैँवासीहरू खुसी भएका छन् । तर,  अरु महानगरका प्रहरीहरू भने के हेरेर बस्छन् ।

अरु नगरपालिकाका मेयरहरू तलबभत्ता खाने, सरकारी गाडी चढ्ने, व्यापारीहरूसँग कमिशन खाने, राज्यले लिनुपर्ने कर पनि नउठाउने र फुटपाथ व्यवसायी पनि नहटाउने । एउटा उदाहरण नै भन्दा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले न सरकारी जग्गा, गुठीका जग्गा खोजेका छन् र न भएकालाई नै संरक्षण गरेका छन् । सूर्यविनायक नगरपालिकाभित्र १० ओटा वडा छन् । यी वडाहरूभित्र रहेका सरकारीजग्गा, गुठीका जग्गा, पार्टीपौवाका जग्गाहरू सबै व्यक्तिको नाममा गइसकेका छ ।

खेतीयोग्य जमिनमा रातारात डोजर लगाएर खण्डीकरण गरेर बेचिरहेको छ र फुटपाथमा पसल र पार्किङ्ग गर्न दिएर हिँडन सकिदैँन । यहाँ व्यापार-व्यवसाय गर्नेहरूले न दर्ता नै गरेका छन्, न घरधनीहरूले घरबहाल कर नै तिरेका छन् । साथै यहाँका घरधनीहरू बताउँछन्, यहाँ घर सम्पन्नताको प्रमाणपत्र लिन वडाध्यक्षको आफन्त वा एमाले वा कांग्रेसको कार्यकर्ता हुनुपर्छ वा वडाध्यक्ष, मेयरलाई पैसा दिनुपर्छ ।

यहाँ १ लाखदेखि १० लाखसम्म खर्च गरेर घरसम्पन्नताको प्रमाणपत्र ल्याएको कुरा पनि सुनिन्छ । सरकारको मापदण्डभित्र नबनेका घरहरूलाई आर्थिक लेनदेन र भनसुनका आधारमा घरसम्पन्नताको प्रमाणपत्र दिनुचाहिँ गलत काम होइन र । सूर्यविनायक नगरपालिकाभित्र बनेका घरहरूको कतिको नक्सा नै छैन र कतिको २ तल्ले नक्सा पास छ भने ५ तल्ले घर बनाएको छ तर अनुगमन शून्य छ ।

अहिलेपनि यस नगरपालिकाले खेतीयोग्य जमिनमा घर बनाउनका लागि नक्सा पास गरिरहेको छ । साथै यहाँका नगर प्रहरीहरू पनि फुटपाथ व्यवसायी र पार्किङ्ग हटाउन जादैँनन् यिनीहरू जनताले तिरेको करबाट तलबभत्ता खान्छन् र घाम तापेर बस्छन् ।

भक्तपुर जिल्ला उपत्यकाभित्र रहेको जिल्ला हो । तर विकास हेर्‍याे भने जुम्लाको भन्दा नाजुक छ । अहिले भक्तपुर वा सूर्यविनायक नगरपालिकाका जनताहरू हामीले काम गर्न नसक्ने मेयरलाई भोट दिएर जितायौँ भनेर पश्चाताप गर्छन् । ललितपुर महानगरपालिकाले पनि फुटपाथ वा सरकारी जग्गा कब्जा गर्नेहरूलाई हटाउन सूचना जारी गरेर हटाउन थालिसकेको छ र अरु नगरपालिकाले पनि फुटपाथ र सार्वजनिक सम्पत्ति अधिकरण गर्नेललाई हटाउने भनेर काम शुरू गरिसकेको छ । तर, भक्तपुर सूर्यविनायक नगरपालिका र अरु नगरपालिकाहरूले भने काम नगर्दा जनताहरू हामीले कस्तो व्यक्तिलाई भोट दिएर मेयर र वडाध्यक्ष बनाएछौँ भनेर भन्छन् ।
भक्तपुर र अरु जिल्लाका जनताहरू हामीले दिएको मतको सदुपयोग भएन भनेर आक्रोश भइरहेका छन् । उनीहरू अहिले काठमाडौँका मेयर बालेन जस्तो हुनुपर्छ भनेर भन्छन् । राष्ट्र र जनताको हितमा काम गर्न नसक्ने नेताहरू दायाँबायाँ सुरक्षाकर्मीहरू राखेर हिँडछन् । तर, काठमाडौँका मेयर बालेन एक्लै जनता र राष्ट्रको काम गर्न हिँड्छन् । यसबाट जनता र राष्ट्रको हितमा काम गर्ने मानिसलाई सुरक्षाकर्मी चाहिँदैन भनेर बुझिन्छ ।

अबको ५ वर्षमा काठमाडौँको मुख नै फेरिन्छ भनेर काठमाडाैँवासीले त थाहा पाइसकेका छन् भने बाहिरी जिल्लाका मानिसहरू पनि अब काठमाडौँ कस्तो हुन्छ भनेर सोच्नमा नै मग्न छन् । काठमाडौँ सुन्दर र व्यवस्थित शहर बनेमा ढिलो भएपनि त्यो सिकोले ललितपुर र भक्तपुर पनि फेरेला । काठमाडौँका मेयर बालेनले अब काठमाडौँ व्यवस्थित, सुन्दर र सफा बनाउँछन् भन्ने कुरा काठमाडाैँवासीको मनमा परेको छ ।

अब नगरपालिकालाई कर नतिर्ने व्यवसायीहरूको दर्ता खारेज गर्नुपर्छ र उनीहरूको चलअचल सम्पत्तिबाट नगरपालिकाले कर उठाउनुपर्छ । साथै सरकारी जग्गा, गुठीका जग्गाहरू व्यक्तिको नाममा गएको सबै फिर्ता गर्नुपर्छ । पानी खाने ढुंगेधाराहरू फेरि पनि स्थापना गर्नुपर्छ । घरधनी वा व्यवसायीहरूले शैचालय प्रयोग गर्न नदिएमा उनीहरूलाई कारबाही गर्नुपर्छ । अब महानगरपालिकाका मेयर कुनै व्यापारी वा दलालीहरूसँग डराउनु हुदैँन र राजनीतिक दवावका कारण पछि हट्नु हुदैँन । फुटपाथमा पसल राख्ने मानिसहरू आफ्नो जिल्लामा नै गएर व्यापारव्यवसायीहरू गर्नुपर्छ । यसरी जताततै व्यापार गरेर शहर अस्तव्यस्त गर्न पाइँदैन ।

अबदेखि काठमाडौँमा सटर लिएर व्यवसायी गर्ने मानिस बस्ने र सटर लिएर व्यवसाय गर्न नसक्नेहरू आफ्नो जिल्लामा गएर व्यवसाय गर्ने गर्नुपर्छ । अब बालेनले फुटपाथ व्यवसायी हटाउनुनै पर्छ र काठमाडाैँवासीहरूले पनि यसप्रति उनको साथ दिनुपर्छ । काठमाडौँमा रहेको अस्तव्यस्त ट्राफिक जामलाई पनि कम गर्ने र एउटै घरमा रहेको १० ओटा बोर्डहरू पनि हटाउनुपर्छ । काठमाडौँमा आकाशे पुल र जेब्रा क्रसको पनि निर्माण गर्न आवश्यक रहेको छ ।

—रुषा थापा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *