राष्ट्रपतिकाे पुत्ला जलाइँदा झडप, प्रदर्शनकारी र प्रहरीबिच ढुङ्गा हानाहान (तस्बिरहरू)
'फुट्याे फाेटाे पत्रकारकाे क्यामेरा'
२०७९ भदौ २६ गते

काठमाडाैँ । त्रिचन्द्र कलेजमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भएकाे छ । दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले फिर्ता गर्दै संसद् र जनप्रतिनिधिहरूकाे अवमूल्यन गरेकाे भन्दै नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा राष्ट्रपति भण्डारीको पुत्लासमेत दहन गरिएकाे छ । प्रदर्शनको क्रममा विद्यार्थीहरूले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ । प्रदर्शनकारीले प्रहरीतर्फ र प्रहरीले प्रदर्शनकारीतर्फ ढुङ्गा प्रहारसमेत भएकाे थियाे ।
ढुङ्गा प्रहार हुँदा एउटा निजी सवारीसाधनका साथै सेटोपाटी अनलाइनका फोटो पत्रकार नवीन बाबू गुरुङको क्यामेरासमेत फुटेको छ ।

२०७९ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित








