थप १ सय ६३ जनामा कोरोना पुष्टि
२०७९ भदौ २५ गते

काठमाडौँ । नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप १ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








