व्यापार घाटा कम गर्न राज्य गम्भीर भएन : सम्मानित नेता खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न राज्यका विभिन्न तहमा बसेका व्यक्तिहरू गम्भीर हुन नसकेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौती गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भए पनि राज्यको ध्यान जान नसकेको बताएका हुन् ।

उनले धेरै कमिसन खोज्ने व्यक्तिहरू नै सरकारमा पुग्ने गरेकाले मुलुकको विकास रोकिएको र मुलुकलाई आत्मनिर्भर तर्फ पुराउने काम अवरुद्ध भएको बताए ।

आफ्नो मात्र लाभ खोज्ने नेताहरू धेरै भएका कारण पनि समस्या सिर्जना भएको उनको भनाई छ । उनले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र विकास गर्ने आधार रहेको भए पनि त्यसलाई विकसित र आधुनिकीकरण गर्न नसकिएको जिकिर गरे ।

नेता खनालले कृषि अर्थतन्त्रका लागि कृषि क्रान्तिको कार्यक्रम जनताले खोजेको भए पनि यसमा प्रमुख भनिएका दल र सरकार नै उदासीन रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *