कांग्रेसलाई सिद्ध्याउन गठबन्धनको विरोध हुँदैछ : प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीसँगको गठबन्धन देशलाई आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आज चितवनमा भएको कार्यक्रममा भने, ‘कांग्रेस पार्टीलाई बचाउन पनि गठबन्धन आवश्यक छ, तर यहाँ पार्टीलाई सिद्ध्याउन गठबन्धनको विरोध भइरहेको छ ।’

‘जनताको साथमा कांग्रेस’ अभियानको प्रथम चरणको समापन एवम् बिपी कोइरालाको १०९औँ जन्म जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्न चितवन आएका देउवाले पाँच दलीय गठबन्धनकै कारण कांग्रेस सरकारमा जान सकेको बताए । उनले भने, ‘कांग्रेसलाई बलियो बनाउन पनि गठबन्धन आवश्यक छ, यसलाई बचाएर लैजानुपर्छ ।’

गठबन्धनकै कारणले चुनावपछि कांग्रेस देशको ठूलो दल बन्ने भन्दै प्रधानमन्त्री देउवाले भने, ‘अनि गठबन्धनबाट कसलाई फाइदा भयो ? विरोध गर्नुमा षडयन्त्र छ, जताततै प्रतिपक्षमा बसेको कांग्रेस प्रदेशदेखि प्रधानमन्त्रीसम्म भएको छ, कसलाई फाइदा भयो ? अनि किन विरोध ? विरोधको कुनै अर्थ छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *