चितवनबाटै मेरो जित सुनिश्चित छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन् । पोखरामा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने उनको भनाई छ । ‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरुले पनि आइदिनुपर्‍यो भन्नुभभएको छ,’ पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘कांग्रेसका नेताले गोरखा आइदिनुपर्‍यो भन्नुभयो । तर म अहिले चितवनबाटै लड्छु । चितवनका जनता, चेतना र भावनाप्रति विश्वास छ । गठबन्धन पनि छ । जित सुनिश्चित छ ।’

यो पनि : प्रचण्ड भन्छन्- ‘मैले चाहेँ भने अहिले प्रधानमन्त्री हुन सक्छु, म त्यो रेसमा छैन’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *