सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । सन्दीपमाथि नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले टिमबाट निलम्बन गरेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबरजस्ती बलात्कार गरेको आरोप छ ।

सन्दीपले नाबालिग बालिकालाई बलात्कार गरेको उजुरी पछि प्रहरीले थप अनुसन्धान गरेपछि अदालतमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति मागेको थियो । प्रहरीले गरेको अनुसन्धानमा बालिकाले आरोप लगाए जस्तै प्रमाण फेला परेपछि पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धानको क्रममा बालिकाको स्वास्थ्य परीक्षणदेखि भदौ ५ गते नगरकोट र काठमाडौँको होटलका सिसिटिभी फुटेजसमेत अनुसन्धान गरिसकेको छ ।

हाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सो घटनाको अर्को दिन भदौ ६ गते केन्या गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *