मापसे गरेका व्यक्तिले प्रहरीलाई ३ हजार रुपैयाँ घुस दिन खाेजेपछि…..

भक्तपुर । प्रहरीलाई घुस दिन खाेज्ने मापसे गरेका व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका २ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा ८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले मादक पदार्थ सेवन गरेकाे अवस्थामा फेला परेका थिए ।

उनले प्रहरीलाई छाेडिदिन आग्रह गर्दै नगद ३ हजार ५० रुपैयाँ दिन खाेजेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । उनलालाई उक्त नगद र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =