सन्दीपले गुहारे क्यान, कानुनी सहयोगको अपेक्षा

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन् । नाबालिग बलात्कार आरोपमा किटानी जाहेरी परेपछि उनले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेका हुन् ।

सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए । क्यानलाई सन्दीपले लिग सकेपछि नेपाल फर्कने बताएको पनि सचिव मल्लको भनाई छ ।

यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका तत्काल केही छानबिन नगर्ने बताइसकेको छ । अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताएका थिए । बलात्कारको आरोप लागेपछि नैतिकताका आधारमा सन्दीपलाई कप्तानीबाट हटाउनुपर्ने दबाब छ ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *