थप २ सय ३० जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =