सडेकाे अवस्थामा लास फेला
२०७९ भदौ २२ गते

साेलुखुम्बु । साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिका २ मा सडेकाे अवस्थामा एकजनाकाे लास फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय, साेलुखुम्बुकाअनुसार लास महिला वा पुरुषकाे भनी छुटाउने अवस्थामा समेत छैन । लाख वडा नं. २ काे खाल्पा भन्ने ठाउँमा भेटिएकाे हाे ।
प्रहरीकाअनुसार लास टाउकाे नभएकाे अवस्थामा भेटिएकाे छ । प्रहरीले भने उक्त लास महिलाकाे भएकाे आशङ्का गरेकाे छ ।
उक्त लास स्थानीय देखेर प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ । प्रहरीले अनुसन्धान थालेकाे छ ।
२०७९ भदौ २२ गते
प्रतिक्रिया








