राप्रपा नेपालका महामन्त्री बर्तौला मकवानपुर २ बाट सर्वसम्मत सिफारिस

हेटौँडा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ को संघीय सांसद उम्मेदवारको निमित्त राप्रपा नेपालबाट पार्टीका महामन्त्री राजाराम बर्तौला एकल सिफारिस भएका छन् ।

राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर ( २ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।

‘राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिएका इमान्दार अनि नयाँ पुस्ताको समेत प्रतिनिधित्व हुने गरी जुझारु नेता बर्तौलालाई हामीले सर्वसम्मत रूपमा उम्मेदवारको रूपमा सिफारिस गर्‍यौ’ बैठक पछि जिल्ला अध्यक्ष सापकोटाले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिए ।

यसअघि नै मकवानपुर (१ बाट पार्टी अध्यक्ष कमल थापालाई जिल्ला समितिले एकल सिफारिस गरिसकेको छ । साथै आजकै बैठकले प्रदेशको प्रत्यक्ष उम्मेदवारको रूपमा विभिन्न व्यक्तिहरूलाई सिफारिस गरेको छ । मकवानपुर १ (क) बाट राजाराम अर्याल, बद्री कुँवर, कमल बिडासरि (ख) बाट दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ ,अर्जुन ढुंगाना यसैगरी मकवानपुर (२ (क) वैकुण्ठ सुवेदी, रामु रिजाल, सरोज गुरागाईँ (ख) बाट राधाकृष्ण विष्ट ,सुजेन्द्र ठकुरी र चन्द्रमान लामा सिफारिस भएका छन् ।

समानुपातिक तर्फ भोलि बस्ने बैठकले टुंगो लगाउने अध्यक्ष सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =