हैजा र डेङ्गुकाे प्रकाेप राेक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्याे : प्रकाशमान
२०७९ भदौ २२ गते

काठमाडाैँ । नेपलाी कांग्रेसका सांसद प्रकाशमान सिंहले हैजा र डेङ्गुकाे प्रकाेप राेक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । बुधबार बसेकाे संसद् बैठककाे शून्य समयमा बाेल्दै सिंहले भनेका छन्, ‘हैजा र डेङ्गु रोगको प्रकोक बढ्दै गएकाे छ । यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
यस्तै उनले दशैंलगायत महत्त्वपूर्ण चाडपर्वका हर्ष शुरू भएकाे भन्दै बजार अनुगमन र महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराए ।
२०७९ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








