गृहमन्त्री र प्रकाण्डबीच भेटवार्ता

काठमाडाैँ । नेपाल सरकारका गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएकाे छ । उनीहरूबीच बुधबार बिहान भेटवार्ता भएकाे हाे ।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएकाे प्रकाण्डले उल्लेख गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वकाे सरकारले नेकपा कम्युनिष्ट पार्टीसँग ३ बुँदे समझदारी गरेकाे थियाे । उक्त समझदारी सरकारले अक्षरस: पालना गर्नुपर्ने नेकपाले बताउँदै आएकाे छ । सरकारले उक्त ३ बुँदा पुर्‍याइसकेकाे छैन । भेटमा प्रकाण्डले गृहमन्त्री खाँणलाई उक्त ३ बुँदाबारे पनि सम्झाएकाे बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =