राष्ट्रियसभाका विषयगत चार समितिको सभापतिमा उम्मेदवारी

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिव समेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिएका छन ।

राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल दिलकुमारी को उम्मेदवारी परेको छ । यसअघि पनि उनि नै सभापति थिइन।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ ।

यसअघि यो समितिको सभापतिमा रामनारायण बिँडारी थिए। उनी कार्यकाल सकिएर १९ फागुन २०७८ मा कार्यकाल सकिएर बिदा भएपछि रिक्त रहेको सभापति पदमा माओवादी केन्द्रका शर्माले उम्मेदवारी दिएका हुन ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =