केसीले भेटे मुख्यमन्त्री, गण्डकीमा मेडिकल कलेज खोल्न ध्यानाकर्षण

पोखरा । डा.गोविन्द केसीले गण्डकीका मुख्यमन्त्रीसँग भेटेर प्रदेशभित्र सरकारी मेडिकल कलेज खोल्न ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्य सेवनलाई नागरिकको पुहुँचमा सुलभ ढंगबाट पुर्याउन सरकारसँग आफ्नै मेडिकल कलेज आवश्यक पर्ने उनले बताए । प्रत्यक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज चाहिने उनको भनाई छ ।
६ महिना अघि पनि उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटेका थिए । उक्त समयमा राखेको प्रश्तावमाथी सरकारको पहलबारेबुझ्न आफू पुन आएको केसीले बताए ।
मुख्यमन्त्री पोखरेलले गण्डकी विश्वविद्यालय मातहत मेडिकल कलेज सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएर प्रतिवेदन तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिए । उनका अनुसार अन्य सम्भावनाका बारेमा पनि अध्ययन भइरहेको छ ।
मेडिकल कलेजबारे अध्ययन कार्यदलका संयोजक प्रदेश योजना आयोगका उपाध्यक्ष डा। रघुराज काफ्लेले सम्भावित सबै क्षेत्रमा गम्भीर भएर काम गरिरहेको जानकारी दिए । गण्डकी विश्वविद्यालय मातहत तनहुँको शुक्लागण्डकी स्थित बेलचौतारामा मेडिकल कलेज खोल्न जग्गा सरकारले आफ्नो मातहत ल्याउन प्रकृया अघि बढाइसकेको छ ।








