स्नुकर प्रतियोगितामा डेढ लाखको पुरस्कार, राजन भए विजेता

पोखरा । पोखरामा राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिता भएको छ । प्रतियोगिताको उपाधि काठमाडौँका राजन लामाले जितेका छन् ।

देविज स्नुकर क्लबको आयोजना तथा नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको सहयोगमा यही भदौ १२ देखि प्रतियोगिता सञ्चालन भएको थियो ।

फाइनल खेलमा लामाले काठमाडौँकै मीलन तामाङलाई ७-३ को स्कोरले पराजित गरेका हुन् । उनले उपाधि सहित १ लाख ५१ हजार १११ तथा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । उपविजेता तामाङले ७१ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका छन् ।

सेमिफाइनल पुगेका अजय सुनार र पोखराका दीपेश क्षेत्रीले जनही १५ हजार १११ पुरस्कार पाए । प्रतियोगितामा काठमाडौँ, भक्तपुर, ललितपुर, बुटवल, चितवन लगायत ठाउँका १ सय ६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *