घटेनन् रक्सी खाएर सवारी चलाउने, काठमाडौँमा एकैदिन १३८ जना कारबाहीमा

काठमाडाैँ । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ४ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन् । यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *