पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारी)ले घाेषणा गर्‍याे ‘रिभोलुसनरी फोर्स’

काठमाडौँ । पवन कार्की नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी)ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णयसँगै पवन कार्की नेतृत्वको सङ्गठनले पनि मंगलबार काठमाडौँमा रिभोलुसनरी फोर्स’ को घोषणा गरेको हो ।

रिभोलुसनरी फोर्सको घोषणा अघि क्रान्तिकारीले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको थियो ।

फोर्स घोषणा कार्यक्रममा कार्कीले देशमा परिवर्तन स्थापित गर्ने काम माओवादी केन्द्रले गरेको भन्दै निर्वाचन मार्फत माओवादीलाई स्थापित गराउन फोर्सले काम गर्ने बताए ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियुले भने बुधवार अर्थात् २२ भदौमा रिभोलुसनरी फोर्स गठन गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =