लागू औषध काराेबारमा संलग्न १५ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले अवैध लागू औषध खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित ३ जना र २ सय ४७ ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ पर्नेमा ललितपुर भैसेपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोही स्थान बस्ने देङ्गहाङ्ग नेम्वाङ रहेका छन् ।

त्यस्तै, काठमाडौँको माकलवारिबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाई लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।

उनीहरूलाई लागू औषध बिक्री गर्ने झापाका अप्सरा राजवंशी र उनलाई पनि सप्लाई गर्ने नौसादर आलमलाई पनि झापा मेचीनगरबाट डिजिटल तराजुका साथै नगद रु १० लाख ४० हजार सहित पक्राउ गरिएको खनालले बताए ।

त्यस्तै, ब्युरोले अवैध लागू औषध २ सय ५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

ब्युरोले काठमाडौँका विभिन्न स्थानबाट दुई केजी गाँजा सहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *