कांग्रेस ८० र माओवादी ६० सिट वरिपरि रहने गरी सिट बाँडफाँट हुँदैछ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने दाबी गरेका छन् ।

मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटि टुंग्याउने गरी कार्यदलमा छलफल भइरहेको भन्दै बुधवारसम्म सबै टुङ्गो लाग्ने बताए । गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० र नेकपा एकीकृत समाजवादी र जसपाले २५–२५ सिटमा दाबी गरिरहेको भन्दै त्यसको वरिपरि सहमति जुट्ने उनले बताए ।

त्यस्तै प्रचण्डले आगामी निर्वाचनको मनोनयन दर्तापछि वर्तमान संसद् नरहेमा स्पष्ट रहेको बताए । संसद्को आयु लम्ब्याउनतिर जान नहुने विषयमा गठबन्धनमा सहमति जुटिसकेको उनको भनाई छ ।

प्रचण्डले संसद्को आयुका विषयमा कन्फ्युजन भएकाले प्राविधिक कारणले दलका प्रमुख सचेतकहरूले संसद्को आयु लम्ब्याउनेबारे सोचेको जिकिर गरे । उनले गठबन्धन निर्वाचनपछि पनि निरन्तर रूपमा अघि बढ्ने समेत बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *