योगेशलाई शुभकामना दिँदै रामकुमारीले भनिन्- ‘महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जन्मदिनको शुभकामना दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत भट्टराईलाई शुभकामना दिएका हुन् ।

पूर्वमन्त्री झाँक्रीले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने उल्लेख गरेकी छन् । ‘Happy birthday to you Dai, Many many happy returns of a day ahead. आफैले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’ उनले शुभकामनामा भनेका छन् ।

एमाले र नेकपामा उनीहरूसँगै थिए । नेकपामा विवाद चर्किएपछि दुवै नेता अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका थिए । पछि माधवकुमार नेपालको नेतृत्वमा  एकीकृत समाजवादी गठन हुँदा भने भट्टराई एमालेमै रहे, झाँक्री नेकपा एसको सचिव बनिन् ।

अहिले झाँक्री गृह जिल्ला गुल्मीबाट प्रतिनिधिसभा चुनाव लड्न तयारीमा छन् । तर त्यहाँ एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश खनाल, जिल्ला अध्यक्ष नरेश भण्डारी जिल्लाका नेता कार्यकर्ताहरूसहित एमालेमा समाहित भएका छन् ।

जिल्ला  इन्चार्ज र अध्यक्षसहित ठूलो सङ्ख्यामा एमालेसँग पार्टी एकता भएको घोषणा गरेपछि एकीकृत समाजवादीकी झाँक्रीलाई धक्का लाग्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =