आमा बितेपछि मुख्यमन्त्री राईले भने- ‘हजुरले जस्ताे बचाउन सकिएन !’
२०७९ भदौ २० गते

काठमाडाैँ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईकी आमा धनमाया राईकाे साेमबार निधन भयाे । विगत केही दिनयता विराटनगरस्थित मोरङ सहकारी अस्पताल उपचाररत उनकाे ८४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
यसपछि मुख्यमन्त्री राईले आमाले जस्ताे आफूले आमालाई बचाउन नसकेकाे बताएका छन् । उनले आफ्नाे आधिकारिक फेसबूकमा लेखेका छन्— माफ पाउँ आमा ! हजुरले जस्तो बचाउन सकिएन !
उनकाे सचिवालयकाअनुसार दिवंगत राईकाे पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अंतिम संस्कारको लागि आजै भोजपुर लाने तयारी छ । धनकुमारीकाे निधनप्रति मुख्यमन्त्री राई सम्बद्ध दल एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरूले श्रद्धाञ्जली दिएका छन् ।
२०७९ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








