मुख्यमन्त्री राईलाई मातृशोक
२०७९ भदौ २० गते

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ ।
विगत केही समयदेखि विराटनगरमा उपचार भईरहेको राईकी ममतामयी माता धनकुमारी राईको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।
भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारीको स्वास्थ्य समस्या देखिएपछि केही दिन अघि उनलाई हेलिकप्टरबाट उपचारको लागि बिराटनगर ल्याइएको थियो । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् ।
राईका तीन छोरा र एक छोरी छन् । मुख्यमन्त्री राई कान्छो छोरा हुन् ।
मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अंतिम संस्कारको लागि आजै भोजपुर लग्ने तयारी छ ।
२०७९ भदौ २० गते
प्रतिक्रिया








