भारतमाथि पाकिस्तानको रोमान्चक जित

काठमाडौँ । एशिया कप क्रिकेट अन्तर्गत पाकिस्तानले भारतलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १८२ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

योसँगै पाकिस्तानले समुह चरणमा भारतबाट पाएको हारको बदला लिएको छ । सो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले नै हराएको थियो । अब एशिया कपको सुपर फोर अन्तर्गत अर्को खेलमा भारतले श्रीलंकाविरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *