तेस्रो वार्षिक उत्सवका अवसरमा मेची महाकाली संयुक्त बुहारी आवाजले गर्‍यो सामाजिक कार्य

काठमाडौँ । मेची महाकाली संयुक्त बुहारी आवाजले तेस्रो वार्षिक उत्सवका अवसरमा सामाजिक कार्य गरेको छ । तेस्रो वार्षिक उत्सव मनाउने क्रममा निःशुल्क डेन्टल शिविर तथा विद्यार्थीलाई पोसाक वितरण गरिएको हो ।

बागमती प्रदेशको कार्यक्रम संयोजन तथा काठमाडौँ शाखाको आयोजनामा डेन्टलको शिविर तथा पोसाक वितरण गरिएको मेची महाकाली संयुक्त बुहारी आवाजकी कैलाली संयोजक जागृति बोगटीले जानकारी दिइन् ।

आज आयोजना गरिएको कार्यक्रममा समाज डेन्टलले निःशुल्क डेन्टल शिविर गरेको थियो भने मेची महाकाली संयुक्त बुहारी आवाजले श्री मनोहरा माध्यमिक विद्यालयका ३० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

तेस्रो वार्षिक उत्सवका अवसरमा आयोजित सामाजिक कार्य बागमती प्रदेश संयोजक ऐन्जिला श्रेष्ठ, काठमाडौँ शाखा सचिव रेखा थापा, कैलाली संयोजक जागृति बोगटी, मकवानपुर समिति सदस्य राधा सापकोटा, आजीवन सदस्यहरू, समाज डेन्टलको टोली र विद्यार्थीहरू सहभागितामा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =