मोरङका १२ प्रदेशसभा क्षेत्रबाट एमालेका ९५ जना सिफारिस

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको लागि दलहरूले चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । निर्वाचन क्षेत्रबाट उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा दलहरूले आन्तरिक तयारी तीव्र पारेका छन् ।

नेकपा एमालेले मोरङ जिल्लाका ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १२ प्रदेशसभा निर्वाचन क्षेत्र लक्षित गतिविधि तीव्र पारेको छ । शनिवार साँझसम्ममा नेकपा एमालेले १२ वटै प्रदेशसभा सदस्यको लागि उम्मेदवार सिफारिस गर्ने क्रम सकेको जनाएको छ । प्रदेशसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिकको नाम पार्टीलाई सिफारिस गरेको हो ।

मोरङका १२ वटा प्रदेशसभाको प्रत्यक्षतर्फ ९५ जनाको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ १३९ जनाको नाम सिफारिस भएको नेकपा एमाले मोरङले जनाएको छ ।

पार्टी सचिव सिफारिसमा

निर्वाचन क्षेत्र १ प्रदेश (क) मा ७ जना र प्रदेश (ख) मा ३ जनाको नाम प्रत्यक्षमा सिफारिस भएको छ । समानुपातिकमा दुवै क्षेत्रको १० जनाको नाम सिरसिर भएको छ । क्षेत्र नम्बर १ (क)बाट मोरङ सचिव रुपेश खतिवडा सहित उमाकान्त गौतम, पुष्प ढकाल, निरोज तिम्सिना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्यको नाम सिफारिसमा परेको छ ।

समानुपातिकमा चार जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ (ख) बाट प्रदेश कमिटी सदस्य डिल्लीराम शर्मा अधिकारी, पूर्व जिविस सभापति खड्गबहादुर बस्नेत, बुद्धिमान लिम्बूको नाम सिफारिस भए । समानुपातिकतर्फ ६ जना सिफारिसमा परेका छन् ।

क्षेत्र २ मा १८ जना

नेकपा एमालेले क्षेत्र नम्बर २ प्रदेश (क) बाट ९ जनाको नाम सिफारिस गरेर पठाएको छ । मेघराज कट्टेल, डिवी कार्की, विष्णु पोखरेल, सुभाष पौडेल, वसन्त भण्डारी, नारायण ताजपुरिया, इन्दिरा बराल, हरि पौडेल र ओमप्रकाश यादव सिफारिसमा परेका हुन् ।

समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर २ प्रदेश (ख) बाट प्रदेशसभा सदस्य पूर्व मन्त्री लिलाबल्लभ अधिकारीसहित नौ जनाको नाम सिफारिस भएको छ । प्रदेश क्षेत्रमा टेकबहादुर भट्टराई, भोला खतिवडा, अनिल पोखरेल, डिल्ली दाहाल, इर्जालाल राजवंशी, खेमकुमार दाहाल, नरनाथ लुइँटेल, गोपाल थापा सिफारिसमा परेका छन् । समानुपातिकतर्फ चार जना सिफारिस भएका छन् ।

मन्त्री, मेयर र अध्यक्ष सिफारिस

क्षेत्र नम्बर ३ प्रदेश (क) मा पथरीशनिश्चरे नगरपालिकाका पूर्व प्रमुख दिलीप राईको नाम सिफारिस भएको । यो क्षेत्रमा उनको मात्र नाम छैन अन्य ११ जनाको नामपनि सिफारिस गरिएको छ । यही क्षेत्रबाट कानेपोखरी गाउँपालिकाका पूर्व अध्यक्ष ताराबहादुर काफ्लेको पनि नाम सिफारिस छ ।

अन्य नाम सिफारिस भएकाहरूमा देवराज भण्डारी, रामकुमार बस्नेत, युवराज बाँस्कोटा, भगतचन्द्र थपलिया, मोहनकुमार न्यौपाने, परशुराम मिश्र, विजय डाँगी, रविन थापा, नरेन्द्रकुमार खड्का रहेका छन् । समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ प्रदेश (ख) मा प्रदेश सांसद तथा पूर्वमन्त्री राजकुमार ओझा, बेलबारी नगरपालिकाका तत्कालीन मेयर ज्ञानेन्द्र सुवेदीसहित १३ जनाको नाम सिफारिस गरिएको छ ।

नाम सिफारिस भएकाहरूमा सुजन गौतम, भक्ति किरण राई, सुदन चौहान, बद्री अर्याल, सञ्जीव रोक्का, लीलाप्रसाद आचार्य, राजकुमार बस्नेत, सुरेन्द्रबहादुर थापा, किरणकुमार राई, तारादेवी शाक्य र सुजितकुमार बस्नेत छन् । समानुपातिकमा २० जनाको नाम सिफारिस छ ।

मन्त्री र युवा नेता सिफारिस

मोरङ क्षेत्र नम्बर ४ (क) बाट नरेन्द्र बस्नेत, मित्रप्रसाद घिमिरे, ललिता चौधरी, जयप्रकाश चौधरी, नवीनकुमार मण्डल, नन्दराज गिरी र प्रयाग न्यौपानेको नाम सिफारिसमा परेको छ । समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ (ख)बाट पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरेको नाम सिफारिस भएको छ ।

घिमिरेसहित सात जनाको नाम सिफारिस भएको हो । यो क्षेत्रबाट ईश्वरप्रसाद निरौला, कौशिला बञ्जरा, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी र राजन भण्डारीको नाम पनि सिफारिसमा परेको छ । समानुपातिक तर्फ १३ जनाको नाम सिफारिस भएको छ ।

समानुपातिकलाई प्रत्यक्षमा सिफारिस

क्षेत्र नम्बर ५ (क) बाट पूर्व मन्त्री ज्ञानेश्वर राजवंशीसहित ४ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट सन्तोष साह, राजेन्द्र मण्डल र प्रदीप मण्डल रहेका छन् । समानुपातिकतर्फ १२ जनाको नाम सिफारिसमा परेको छ ।

क्षेत्र नम्बर ५ प्रदेश (ख) बाट प्रदेशसभा सदस्य बसन्ती यादव, विक्रम तिवारी, मिनादेवी यादव, निजाम शेख, दिलसाद आलम, भूराज राई र रामचन्द्र महतोको नाम सिफारिस भएको छ । समानुपातिकमा १४ जनाको नाम परेको छ ।

राष्ट्रियसभामा हरेकालाई प्रदेशमा सिफारिस

मोरङको ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा यो पटक प्रदेशको नाम सिफारिसले नयाँ तरंग ल्याएको छ । क्षेत्र नम्बर ६ (क) बाट स्थायी कमिटी सदस्य गुरु बरालको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभामा गोला तान्दा हारेका बराल सहित ११ जनाको नाम सिफारिस भएको हो । यही क्षेत्रबाट रिता न्यौपाने, सत्यनारायण चौधरी, निरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, हर्क परियार र राजीव गौतमको नाम सिफारिसमा परेको छ ।

समानुपातिकमा १० जनाको नाम सिफारिस भएको नेकपा एमाले क्षेत्रीय समन्वय समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र ६ प्रदेश (ख) बाट राष्ट्रिय खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतको नाम सिफारिस भएको छ । यही क्षेत्रबाट प्रदेश सांसद यशोदा अधिकारी, रमेश पोखरेल, राधेश्याम कट्टेल, रोहित कोइराला, दिननाथ भगत, शिव थापाको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ १७ जनाको नाम सिफारिस भएको प्रदेश समन्वय कमिटीले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले ५ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षमा जीत निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *