प्रतिनिधि सभाअघि कार्यव्यवस्था समितिको बैठक

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बोलाइएको हो ।

२ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गर्ने उल्लेख छ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि समावेश छ ।

सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + ten =