भदौ १९ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. भदौ १९, २०७९ । ई.सं. ४ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । आइतबार भाद्र शुक्लपक्ष । तिथि- अष्टमी ७:३६ बजेदेखि नवमी, २९:२० बजे उप्रान्त एकादशी । नक्षत्र- ज्येष्ठा, १९:५३ बजे उप्रान्त मूल । योग- विष्कम्भ, १३:४३ बजे उप्रान्त प्रीति । करण- वव ७:३६ बजेदेखि वालव, १८:२९ बजे उप्रान्त वणिज । चन्द्रराशि वृश्चिक । आनन्दादि योग काण । दिनमान ३१।२९ । सूर्योदय ५:४४ । सूर्यास्त १८:२० । अष्टमीव्रत, गोरखकालीपूजा, राधा अष्टमी, काया अष्टमी, कागेश्वरी मेला, लपु दशमहाविद्या पूजा, आदु:ख नवमीव्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला, वैदेशिक काम भने ठीक छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । केही नयाँ कुरा खरीद गर्न पनि सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । केही नयाँ कुरा खरिदमा भने खर्च बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *