कास्कीमा सामुहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

पोखरा । कास्कीमा सामूहिक बलात्कार आरोपमा ९ जना पक्राउ परेका छन् ।

पोखरामा बस्दै आएकी एक महिलालाई सामुहिक रुपमा बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले घाचोकमा मेला हेर्न जाउँ भनेर लगेको र सामुहिक रुपमा बलात्कार गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेहरुमा केही माछापुच्छ्रे गाउँपालिकाका छन् भने अरु बाहिरका पनि छन् । कास्की प्रहरीले घटनाबारे अनुसन्धान चलिरहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *