गोरखा पुगेर बाबुरामले भने, ‘म गोरखा २ को उम्मेद्वार हो’

पोखरा । नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफु गोरखा २ बाटै चुनाव लड्ने बताएका छन् । गोरखामा आयोजना गरिएको पत्रका सम्मेलनमा उनले गोरखा २ बाट चुनाव लड्ने बताए ।

उनले भने, ‘आसन्न निर्वाचनमा पहिले जितेको ठाउँमा पूरानै उम्मेद्वार उठाउने सहमती छ । म गोरखा २ को स्वतः उम्मेद्वार हुँ, ।’
नेपाली कांग्रेसका नेताहरुले गोरखा २ कुनै हालतमा नछोड्ने बताएका छन् । केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । भट्टराईले आफु सबै पार्टीको सर्वसम्मत उम्मेद्वार बन्ने दावी गरे । ‘म सबैको साझा उम्मे्दवारको रुपमा अघि बढ्न चाहान्छु,’ उनले भने, ‘गठबन्धनका दलहरुले त्यसमा सहयोग गर्नेछन् । अरु पार्टीले पनि यसपटक गोरखा २ मलाई छोड्छन् ।’

अन्य दलले सिफारिस गरेका उम्मेद्वारलाई भने पार्टीभित्रको औपचारिकताको रुपमा टिप्पणी गरेका छन् । भट्टराई आसन्न निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने तयारीमा छन् । चुनावपछि पार्टी एकतामा समेत छलफल चलिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =