महाकाली-मेची राष्ट्रिय जागरण अभियान वीरेन्द्रनगरमा पुग्यो

काठमाडौँ । युवा संघ नेपालको महाकाली मेची राष्ट्रिय जागरण अभियान कर्णाली प्रदेशको प्रादेशिक राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पुगेको छ ।

अभियानलाई सुर्खेतमा ५ सय बढीको मोटरसाइकलको र्‍यालीले स्वागत गरेको छ । भेरी पुलबाट सुरु भएको मोटरसाइकल र्‍यालीले स्वागत गरी सुर्खेत बजार परिक्रमा गरि मङलगढी चोकमा कोण सभा गरेको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हस्त शाही र कर्णाली अध्यक्ष अमर थापा, युवा संघ प्रदेश अध्यक्ष अनिल बोगटी , प्रदेश सहइन्चार्ज जेबि राना, युवा संघ नेपालका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले सम्बोधन गरेका थिए ।

अभियानको टोली आजै कोहलपुर हुँदै लमहीमा पुग्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =