विराटनगरमा किशोरीमाथि सामुहिक बलात्कार, एकजना पक्राउ

विराटनगर । एक किशोरी माथि सामुहिक बलात्कार भएको छ । साथीकोमा जन्मदिन मनाएर घर फर्किँदै गरेकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएकोछ ।

गएराती ९: ४५ बजेको समयमा विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवा नहर नजिकै ५ जनाको समुहले किशोरीमाथि सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। रातीको समयमा साथिकोमा जन्मदिन मनाएर फर्किँदै गरेका दुई जना मध्ये एक जना किशोरलाई त्यो समुहले समातेर किशोरीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

एकजना केटासाथी र ति किशोरी साथीको जन्मदिन मनाएर फर्किँदै गरेको अबस्थामा ५ जनाको समुहले नहरमा रोकेर केटासाथिलाई दुई जनाले समातेर अरु ३ जनाले बलात्कार गरेको भन्ने जानकारीमा आएको डिएसपी श्रेष्ठले बताए ।

मादक पद्धार्थ सेवन गरेर आएको त्यो समुहले किशोरी र उसको साथीलाई नियन्त्रणमा लिएर किशोरीमाथि बलात्कार भएको भनिएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका ४ ईक्राहीका २९ बर्षीय सन्तोष मण्डललाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न रहेका अरु ब्यक्तिहरुको खोजी र अनसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *