एमालेलाई बहुमत ल्याउनबाट कसैले राेक्न सक्दैन : पोखरेल

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौँमा नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताएका हुन् ।
उनले आगामी निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षेत्र, राष्ट्रियता र देश बनाउनका लागि गरेका हिजो गरेका कामहरू सुरक्षित रहेको जिकिर गरे ।
त्यस्तै, पोखरेलले गठबन्धन सरकारले गरेका अपराधपूर्ण कामका बारेमा पनि जनतालाई सजक गराउने धारणा राखे । उनले स्थानीय निर्वाचनमा जनताको लोकप्रिय मत प्राप्त गरेको देखाएको र कतिपय सिट उम्मेदवारी सम्बन्धी व्यवस्थापकीय कमजोरीले प्राप्त हुन नसकेको भन्दै एमालेलाई जनताले गर्ने समर्थन कमजोर नभएको दाबी गरे ।
कार्यक्रममा पोखरेलले निष्पक्ष ढंगले सेवा प्रवाहमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे ।








