सडकमा राखिएका निर्माण सामाग्री काठमाडाैँ महानगरद्वारा जफत (भिडिओसहित)
२०७९ भदौ १७ गते

काठमाडौँ । काठमाडौँ महानगरले काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटाएको छ ।
शुक्रवार महानगरको टोलीले डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा राखिएका बालुवा, गिट्टी लगायतका निर्माण सामाग्री हटाएको हो । सडकमा निर्माण सामाग्री नराख्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि सामाग्री हटाएर जफत गरिएको महानगरले जनाएको छ ।
सडक छेउमा निर्माण सामाग्री राख्दा ढल नै अवरुद्ध हुने गरेको देखिएको छ । निर्माण गर्न लागिएका घरका लागि निर्माण सामाग्री सडकमा राख्दा यातायात सञ्चालन तथा फुटपाथमा हिँडडुल गर्न कठिनाइ भएकाले महानगरले कारबाही गर्न थालेको हो ।
२०७९ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








