सिद्राहा भेट्रान फाइनलमा 

विराटनगर । विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा सिद्राहा भेट्रान प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा आयोजकको विराट भेट्रान क्लबलाई २ गोलकाविरुद्ध ३ गर्दै मोरङको सिद्राहा भेट्रान क्लब फाइनलमा प्रवेश गरेको हो ।

सिद्राहाले शुक्रबार जहदा भेट्रान क्लब र झापाको दुधे भेट्रान क्लबबीचको विजेतासँग उपाधि जितका लागि खेल्ने छ । खेलको २१ औं मिनेटमा सिद्राहा हर्कराम गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस लगत्तै २६ औं मिनेटमा पुनः गुरुङले टोलीका लागि दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । आयोजक विराटका लागि कृष्ण शाक्यले ६४ र ६८ औं मिनेटमा गोल गरेका थिए ।

विराट मेघा स्पोर्ट्स एकेडेमीले आयोजना गरेको खेलको म्याद अफ द म्याच सिद्राहाका विनय चौधरी घोषित भए । प्रतियोगितामा मोरङ, सुनसरी, झापा र मधेस प्रदेशको लाहानबाट टोलीको सहभागिता रहेको छ ।

मोरङको मिल्स भेट्रान क्लब, हाटखोला भेट्रान क्लब, जहदा भेट्रान क्लब, सिद्राहा भेट्रान क्लब, आयोजक विराट मेघा भेट्रान क्लबको ‘ए’ र ‘बि’ गरी ६ टोली रहेका छन् । त्यसैगरी, झापाबाट दुधे भेट्रान क्लब, सुनसरीबाट दुहवी भेट्रान क्लब र मधेस प्रदेशबाट लहान भेट्रान क्लबले सहभागिता जनाए । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *